२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

आर्थिक सहयोग अभिवृद्धि: कोरियाली लगानीकर्ताहरूलाई नेपालको निमन्त्रणा,परराष्ट्रमन्त्री साउद




  • २०८० माघ १६, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौं:

    कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले आगामी वैशाख २८ र २९ गते नेपालमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा कोरियाली लगानीकर्ता तथा उद्यमीलाई उल्लेख्य संख्यामा स्वागत गर्न तयार रहेको बताए । नेपाल र गणतन्त्र दक्षिण कोरियाका मन्त्री साउदले कोरियाली कम्पनीले नेपालमा लगानी बढाउने चासो देखाउनुपर्नेमा जोड दिए ।

    कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले आगामी वैशाख २८ र २९ गते नेपालमा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा कोरियाली लगानीकर्ता तथा उद्यमीलाई उल्लेख्य संख्यामा स्वागत गर्न तयार रहेको बताए । नेपाल र गणतन्त्र दक्षिण कोरियाका मन्त्री साउदले कोरियाली कम्पनीले नेपालमा लगानी बढाउने चासो देखाउनुपर्नेमा जोड दिए ।

     

    सचिव केवलप्रसाद भण्डारीले नेपाली कामदारका लागि दक्षिण कोरियाको प्राथमिकताको प्रशंसा गर्दै दक्षिण कोरियामा रहेका नेपालीले आर्जन गरेको सीप नेपालको विकासका लागि लाभदायी हुने विश्वास व्यक्त गरे । दक्षिण कोरियाली राजदूत पार्क ताए-योङले ५० वर्षको यात्रालाई साझा मूल्यमान्यता र आपसी सम्मानको कथाका रूपमा जोड दिँदै व्यक्तिगत र आर्थिक विकासमा योगदान पु¥याउने बताए । मन्त्री र राजदूत दुवैले कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको स्मरण गर्दै लोगो अनावरण गर्नुका साथै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली कार्यक्रमबाट आएका नेपाली आप्रवासी कामदारहरूको सफलताका कथाहरू प्रस्तुत गर्ने पुस्तक विमोचन गरे।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट