२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

वडाध्यक्ष खत्रीले गरे आर्थिक अवस्था कमजोर भएका अपांगलाई सहयोग




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ १६, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • दोधारा:

    दोधारा चाँदनीका वडाध्यक्ष केशव खत्रीले आर्थिक अवस्था कमजोर भएका अपांग महिलालाई सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ५ घर भएका तथा हाल वडा नं. ६ सुनखरी टोल बस्दै आएका गंगा देबी गुरुङ्गलाई रु. ५ हजार रकम सहयोग गरेका छन् । आज अबेर साँझ गुरुङ्गको घरमा पुगेर वडाध्यक्ष केशव खत्रीले रकम हस्तान्तरण गरेका हुन् । घरमा आफु र एक छोरी रहेको गंगा देबी गुरुङ्गको आर्थिक अवस्था निकै दैनिय रहेको छ् । उनि अपांग हुन् । जग्गाको नाउमा आधा कट्टा जग्गा भएका गुरुङ्गको अवस्था देखेर वडाध्यक्ष खत्रीले सहयोग गरेको बताएका छन् । छाक टार्न समस्या भएको बेला वडाध्यक्ष खत्रीले गरेको सहयोग प्रति खुशी ब्यक्त गर्दै पिडाको बेला सहयोग गर्ने वडाध्यक्ष केशव खत्रीलाई धन्यबाद दिएका छन् । ‘समस्या भएको बेला सहयोग गर्नुहुने वडाध्यक्ष केशव खत्रीलाई धेरै धेरै धन्यबान्द’ अपांग गंगा देबी गुरुङ्गले भने । उनले वडाध्यक्ष खत्रीलाई आशिष दिदै पिडाका रहेका दुखी गरिबलाई गर्दै आएको सहयोग भगवानले हेर्ने बताएका छन् । वडाध्यक्ष केशव खत्रीले पिडामा रहेका गंगा देबी गुरुङ्गको लागी आगामी दिनहरुमा आफुबाट सहयोग रहने बताएका छन् । उनले आफुले वडाध्यक्ष पदबाट पाएको तलव भत्ताले दिन दुखीलाई सहयोग गर्दै आएको बताउदै चुनावको बेला गरेको बाँचालाई क्रमबद्धरुपमा आफुले पुरा गर्दै आएको बताएका छन् । वडाध्यक्ष खत्रीले बिभिन्न समयमा बिपन्न तथा गरिबलाई सहयोग, बिद्यार्थीहरुलाई पठन पाठन, बिरामीलाई उपचारमा सहयोग आफुले पाउने तलब भत्ताबाट गर्दै आएका छन् । वडाध्यक्ष खत्रीको सामाजिक कार्य प्रति स्थानियहरुले खुशी ब्यक्त गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट