धनगढी :
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको सचिवमा कमल रोकाया निर्वाचित भएका छन्। धनगढीमा बुधबार सकिएको अधिवेशनबाट रोकाया सर्वसम्मत रूपमा सचिवमा चयन भएका हुन्।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले अधिवेशन उद्घाटन गरेका थिए। प्रथम अधिवेशनबाट मनोज राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कमिटीको अध्यक्ष मा मनोज राई उपाध्यक्षमा इन्द्र बाेहरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकाया चयन भएका छन्। यस्तै सहसचिवमा यशोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद चयन भए। अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए।
प्रतिक्रिया दिनुहोस