महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष महेन्द्र खड्काको निधन भएको छ । बुधबार राति मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।
उनी भीमदत्त नगरपालिकाका प्रवक्ता समेत थिए । वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान ५ बजे उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
‘सडक छेउमा खानेपानीको पाइप देखिन्छ, उहाँ दुर्घटनामा पर्नुभएको हो,’ एसपी थापाले भने । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस