२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

राष्ट्रिय सभा सदस्यका लागि कञ्चनपुरबाट एमालेका खरेल सहित चार जना सिफारिश




  • त्रिनेत्र पोष्ट
  • २०८० पौष १९, बिहिबार मा प्रकाशित १0 महिना अघि
  • महेन्द्रनगर:

    नेकपा एमाले कञ्चनपुरले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चार जनाको नाम प्रदेश कमिटीमा सिफारिश गरेको छ । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिमका सबै जिल्लाबाट आएका नाममा छलफल गरी उम्मेदवारका लागि केन्द्रमा पठाउने छ ।

    एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल सहित राष्ट्रिय सभा सदस्यका लागि सिफारिश गरिएका छन् । उनीहरुमा नन्दादेबी धामी, चित्रा चौधरी र हरिदत्त भट्ट हुन् । एमाले कञ्चनपुरका अध्यक्ष भई सकेका खरेल भीमदत्त नगरपालिकाका पूर्व उप मेयर हुन् ।

    एमाले प्रचार विभाग प्रमुख कर्ण बहादुर चन्दको पार्टीको निर्देशन अनुसार राष्ट्रिय सभा सदस्यका लागि चार जनाको नाम प्रदेश कमिटीमा पठाइएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट