२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

राप्रपा कञ्चनपुर निकट विद्यार्थी संगठन द्वारा दुख ब्यक्त




  • त्रिनेत्र पोष्ट
  • २०८० पौष १३, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • काठमाडौं:

    ललितपुर महानगरपालिका वडा नं.८ बालकुमारी स्थित इपिएस कार्यालयमा परिक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक मैतिक एवम मानविय क्षतिप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङगठन कञ्चनपुरले दुख व्यक्त गरेको छ ।
    राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङगठन कञ्चनपुरका संयोजक प्रेम रावलको हस्ताक्षर रहेको बिज्ञप्ति मार्फत कोरियाली भाषा सम्बन्धित EPS परिक्षामा सहभागिताको विषयलाई लिएर आन्दोलनमा उत्रीएका युवाहरु लक्षित सरकारक दमन र गोली प्रहारको घटना दुखद, आपत्ती जनक र दुभाग्यपूर्ण रहेको जनाएको छ । स्वदेशमा गरि खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाइ गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय रहेको बताएको छ । सरकारी दमन बाट दुई जना युवाले ज्यान गुमाएका हरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइते युवाहरुलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गरेको छ । घटनाको सत्यतथ्य छानबिन गर्न, घाइतेको उपचार गर्न राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन कञ्चनपुर सरकार संग माग गर्दछ ।

    काठमाडौको किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन । बरु छातीमा दाग देखिएको छ ।
    पानीजहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो । पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्णले फर्म भर्न नपाउने निर्णय विरुद्ध युवाहरु अदालत गएका थिए ।
    उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास हानेको थियो । स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो ।
    केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताउनुभयो । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको थियो ।
    आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी जलाएका छन् । युवाहरुको आन्दोलन चलिरहेको बेला पार्टी कार्यालय जान हिँडेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकास ज्वालाको गाडीमा विद्यार्थीले आगजनी गरेका हुन । मन्त्री र २ जना सुरक्षाकर्मीलाई गाडीबाट निकालेर उनीहरुले गाडीमा आगो लगाएका प्रहरीले जनाएको छ ।
    ‘इपिएस परीक्षाका सबै तर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको हो । झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते अन्य केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
    ललितपुर प्रहरीले बालकुमारीमा भएको प्रदर्शन झडपमा परि दुई युवाको मृत्यु भएको सम्बन्धी घटनाको अनुगमन थालेको छ । आन्दोलन सहितको प्रदर्सनमा परी ज्यान गुमाएका राउत र शाह सहित अन्य केही घाइते बनेका छन् ।
    दुई जनाको मृत्यु हुने ललितपुरको बालकुमारीमा भएको प्रदर्शन र झडप प्रकरणबारे छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ ।
    काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति बनाइएको गृह मन्त्रालयले जनाएको छ ।
    उक्त समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल सदस्य रहेका जनाइएको छ । समितिलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन पेश गर्न भनिएको छ ।
    इपीएस कार्यालयको निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । अदालतले सिप बिल्डिङमा फेल भएकालाई उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन आदेश दिएको थियो । तर ईपीएसले मुद्दा हाल्ने युवालाई मात्र फारम खुलाएपछि अरु युवाले आन्दोलन गरेका हुन् । प्रदर्शनका कारण चक्रपथ सहित वरपरका सडकमा ट्राफिक अवस्था अस्तव्यस्त भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट