महेन्द्रनगर:
छाडाछौपायाले गहुँ बाली सखाप पारेपछि भीमदत्त नगरपालिकाका स्थानीयले छाडाछौपाया नगरपालिका भित्र हुल्न खोजेपछि भीमदत्त नगरपालिकामा तनाव भएको छ । भिमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसकेपछि आक्रोशित स्थानीयले छाडाचौपाया नगरपालिका भित्र हुल्न खोजेपछि नगरपालिका अशान्त बनेको छ । निर्वाचनको बेला छाडाचौपाया व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएर निर्वाचित भएका जनप्रतिनिधिहरुले छाडाचौपाया व्यवस्थापन गर्न नसक्दा बालीनाली सखाप पारेको भन्दै स्थानीयले छाडाचौपाया नगरपालिका भित्र हुल्न खोजेका हुन । नगर प्रहरीले छौपाया गेटमा रोकेपछि केहीबेर नगरपालिका गेटमा तनाव भएको छ ।
प्रतिक्रिया दिनुहोस