२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

महाकाली प्रादेशिक अस्पतालमा चार बिशेषज्ञ डाक्टर सहित छ जना थपिए




  • त्रिनेत्र पोष्ट
  • २०८० पौष १, आईतबार मा प्रकाशित ११ महिना अघि
  • महेन्द्रनगर:
    महाकाली प्रादेशिक अस्पतालमा चार जना विशेषज्ञ डाक्टर थपिएका छन् । आइतबार महकाली प्रादेशिक अस्पतालमा बालरोग बिशेषज्ञ, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट, एडिजीपी र दुई जना रेडियोग्राफर थपिएका हुन ।

    महाकाली प्रादेशिक अस्पतालको करार दरबन्दीमा चार विशेषज्ञ सहित छ जना डाक्टर थपिएको अस्पतालका अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।

    बालरोग बिशेषज्ञमा नम्रता सिन्दान, जर्नल सर्जनमा प्रयास न्यौपाने, एनेस्थेसियोलोजिष्टमा मुकेश गामी, एमडीजीपीमा योगेश भट्ट र रेडियोग्राफर परमेश्वरी पन्त र किरन ऐडी सहित ६ जना थपिएको अध्यक्ष भट्टले बताए ।

    करार दरबन्दीमा थपिएका चार बिशेषज्ञ डाक्टर सहित ६ जनालाई आज अस्पतालमा स्वागत समेत गरिएको छ ।

    महाकाली प्रादेशिक अस्पतालमा रेडियोलोजिष्ट एक, एमडीजीपी दुई, गाइनो एक, अर्थोपेडिक सर्जन दुई र इएनटी एक गरि सात जना बिशेषज्ञ डाक्टर पहिले देखि नै कार्यरत छन् ।

    आज थप भएका चार बिशेषज्ञ डाक्टर पाएपछि अब महाकाली प्रादेशिक अस्पतालमा ११ जना विशेषज्ञ डाक्टर हुँनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट