२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

गणतन्त्र निकै कमजोर भएको: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन




  • त्रिनेत्र पोष्ट
  • २०८० मंसिर २८, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • महेन्द्रनगर:
    राजेन्द्र लिङ्देनले गणतन्त्र निकै कमजोर भएको बताएका छन् । उनले गणतन्त्रका नाममा भइरहेको लुटतन्त्रका कारण आफै कमजोर भइरहेको बताएका हुन् । महेन्द्रनगर मा ‘महेन्द्रको सालिक राख्ने कुराले गणतन्त्र कमजोर र काँपेको छ। राप्रपा कञ्चनपुरले बिहीबार आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले उनले यस्तो भनेका हुन् ।

    बिहीबार महेन्द्रनगरस्थित संविधान चोकमा राप्रपाले राजा महेन्द्रको सालिक स्थापना गर्ने कार्यक्रम तय गरेको थियो । सोही स्थानमा आमसभा आयोजना गरेर अध्यक्ष लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी थियो । जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि राप्रपाको कार्यक्रम स्थल फेरिएको हो ।

    राप्रपा कञ्चनपुरले बिहीबार आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै उनले शीर्ष नेता र कर्मचारीले आफना श्रीमति, छोरा छोृरी र आफन्तीको नाममा सम्पत्ति लुकाएको आरोप लगाए ।

    ‘२०४६ पछि मुलुकमा भ्रष्टाचार भ्रष्टाचार भएको छ, शिर्ष नेता र उच्च पदस्थ कर्मचारीले श्रीमती छोराछोरी आफन्तीका नाममा सम्पत्ती राखेका छन, ‘अध्यक्ष लिङदेनले भने, ‘सम्पत्ती अरुबाट नभई मबाटै छानबिन गनुर्पछ, म तयार छु ।’

    राप्रपाले भ्रष्टाचार अन्त्य गर्ने अभियान सञ्चालन गरेको दावी गर्दै उनले एनसेल खरिद बिक्री प्रकरणमा समेत अनियमितता भएको भन्दै सरकारले बनाएको छानबिन समितिप्रति शंका व्यक्त गरेका छन ।

    ‘जस जसले एनसेलको कारोबार गरेका छन, उनीहरुका आफन्ती नै छानबिन समितिका संयोजकदेखि सदस्य भएका छन, ‘उनले भने, यस्तो अवस्थामा झन अनियमिता ढाकछोप हुन्छ ।’

    अध्यक्ष लिङदेनले मुलुक सुधारका लागि आन्दोलनको विकल्प नभएको बताए । उनले राप्रपाले पुषदेखि आन्दोलन गर्ने बताए ।

    वर्तमान सरकार र गणतान्त्रिक दलहरु हिजोकै व्यवस्था र राजालाई गाली गरेर सत्ता र व्यवस्था टिकाउन लागेको बताए । राप्रपा अध्यक्ष लिङदेनले अरु पार्टीको मिसन २०८४ भएपनि राप्रपाको मिसन व्यवस्था परिर्वतन रहेको बताए ।

    राजा महेन्द्रको सालिक पुर्नस्थापनाका ८ दलले छाती फराकिलो गर्नु पर्नेमा अध्यक्ष लिङ्दनेले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट