महेन्द्रनगर:
सुदुरपश्चिमको पश्चिमि नाका गड्डाचौकि भन्सार कार्यालय र सुरक्षा ब्यबस्था का बिषयमा आम जनमानसमा आएको जनगुनासो पश्चात राष्ट्रिय युवा सघ नेपाल र अनेरास्वबियू द्वारा सहजिकरण का दौरानमा देखिका समस्या हरु हल गर्न भन्सार कार्यालय र सुरक्षा निकाय बिच छलफल गरि तत्काल हल गर्ने सहमति भएकोछ अन्यथा थप शशक्त रुपमा अगि बडिनेछ । यि हुन सहमती भएका विषयहरु
१ (राजपत्रमा उल्लेख नगरिएको नया बाटो बाट चोरि छलि गाडिहरु आएको देखिएकाले तत्काल बन्द गरि बैधानिक मार्ग वाट चेकजाच गरि प्रबेश गराउने ।
२ (चाडबाड को बहानामा हुने राजस्व चुहावट लाई व्यापक कडाईका रुपमा अगाडि बडाउने ।
३ (सेटिङ्ग का भरमा एकपटक को सुबिधाका भरमा दैनिक २० पटक सम्म भारतिय गाडि आवतजावत गरेको देखिएको ले तत्काल सवारि जाँच ब्यबस्था मिलाई नियन्त्रण मा लिने ।
४ (भारत बाट क्यासिनो खेल्न अथवा अन्य प्रयोजनका लागि मान्छे वसार पसारमा ल्याउदा पुरै सेटिङ्ग का भरमा कुनै चेकजाच नगरि सोझै गाडिहरु भित्र्याउने गरेको पाईएको पाईयो यसलाई तत्काल रोक्ने र भारत बाट नेपाल आउने सबै भारतिय नागरिकको ब्यक्तिगत बिबरण सहित जाँच गराई ईन्ट्रि गरेर मात्र आउनदिने सहमति भएको छ ।
यस लगायत का थुप्रै नाका सङ्ग सरोकार राख्ने समस्या हरुका सवालमा छलफल गरिएकोछ यसमा गम्भीर र सजक रहि समस्या हरु हलगर्दै अघिबडने गृहप्रशासन तथा कञ्चनपुर भन्सार कार्यालय प्रतिबद्द जाहेर गरिएको छ । कार्यक्रममा कार्यक्रममा राष्ट्रिय युवा सघ नेपालका नेता प्रबिन बोगटि ,केशब चन्द जिल्ला अध्यक्ष नवीन चन्द ,उपाध्यक्ष लेखान्त बुढा अनेरास्वबियु का प्रदेश सहसयोजक कमल रोकाया, विक्रम थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस