महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिका १ का वडाध्यक्ष ३३ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा सम्मानित भएका छन् ।
ज्येष्ठ नागरिक समाज कञ्चनपुरले भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ लाई दिवसको अवसरमा सम्मानित गरेको हो ।
समाजका अध्यक्ष धनबहादुर खडायतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहराले दुवै वडाध्यक्षलाई सम्मान गरेका छन् ।
भीमदत्त नगरपालिकाको सभाकक्षमा कार्यक्रम सञ्चालन भएको थियो । वडाध्यक्ष कुँवरले आफ्नो पारिश्रमिक ज्येष्ठ नागरिकको हकहितमा खर्च गर्दै आएकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस