२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद




  • त्रिनेत्र पोष्ट
  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित १ साल अघि
  • महेन्द्रनगर: 

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका र भारत बाट भान्सार छलि गरि ल्यायका  सामान बरामद गरिएको छ ।

    सरोकारवाला निकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बजार अनुगमन थालेको हो ।  भिमदत्त नगरपालिका–४ र ६ मा रहेका किराना,होटेल  तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको मह, बिस्कुट, खानेतेललगायत सामान भेटियकोछ ।

    पाठक दुध दही खरीद विक्री पसल,लामा नास्ता पसला,न्यू अपि भण्डार,के. पी. किराना स्टोर,न्यू भाट किराना पसल,प्रेन्सी किराना पसल, न्यू शुभम खाद्य स्टोर,न्यू हेमन्त किराना पसन र होटल ओपेरामा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, घरेलु मदिरा जाड बिक्रि गरिराखेको,म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको छ ।

    आम उपभोक्ताले म्याद गएका सामान प्रयोग नगरुन र कानुनी दायरा भन्दा बाहिर रहेका व्यवसायहरु कानुनी दाइरामा आउन भन्ने उदेश्यका साथ अनुगम गरिएको हो ।

    अनुगमनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाट सरीता देवी पन्थी,खाद्य प्रविधि तथा गुण नियन्त्रण का.धनगढी बाट सरोज पौडेल ,  जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाट देवराम कोलि , प्रशासन बाटै पुष्पराज,प्रहरी  र विभिन्न मिडिया बाट पत्रकारहरु को सहभागीतामा गरिको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट