२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका




  • २०८० भाद्र २७, बुधबार मा प्रकाशित १ साल अघि
  • महेन्द्रनगर:
    कञ्चनपुरमा डेगुंको जोखिम बढेको छ । जिल्लामा एक महिनामै डेगुंको संख्या दोब्बर पुगेको छ ।
    जिल्लाभरमै गत साउन महिनामा ४५ जना डेंगुंका बिरामी रहेका थिए भने भाद्र महिना यो संख्या दोब्बर पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको अभिलेख अनुसार भाद्र महिनामा मात्रै ८२ जना गरि जम्मा एक सय २६ जना पुगेका छ्न भने दुई जना बिरामिको मृत्यु समेत भएको छ ।
    कञ्चनपुरको भिमदत्त नगरपालिकामा ९३ जना बिरामीमा डेंगु देखा परेको छ । एकएक दोब्बर संख्यामा बिरामिमा संक्रमित बनिरहदा भिमदत्त नगरपालिका कार्यालय भने कानमा तेल हालेर बसिरहेको छ । नगरलेहाल सम्म केही नगरेको र अब थाल्ने भन्दै पन्छिन थालेको छ । “अब वडा वडामा सचेतता चलाउदै छौ नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।” उनले भने नगरले अब प्रहरिको सहयोगमा सुचना प्रवाह तथा सचेतना अभियान चलाइने बताए ।
    दैनिक जसो बिरामी बढ्न थालेपछी मुखदर्शक बनेको नगरको कार्यालयका नगर स्वास्थ चौकीहरुलाइ भने यो बारेमा कुनै जानकारी न आएको बताउछ्न ।
    उता जिल्ला स्वास्थ्य कार्यालयाले भने केही काम थालेको छ । दैनिक जसो बिरामी बढ्न थाले पछि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु परिक्षण कीट हरेक पालिकाहरुलाइ दिन थालेको जिल्ला जन स्वास्थ अधिकृत दयाकृष्ण पन्तले बताए । उनले भने “हामिले कञ्चनपुरको भिमदत्तनगरपालिकाका १९ बटै वडा कार्यालयहरुमा जनचेतनामूलक कार्यक्रमहरु सुरु गरेको छौ ।”
    जिल्लाका हरेक पालिका र प्राथमिक स्वास्थ चौकीहरुलाइ तत्काल उपचार तथा परामर्श सहित सजक रहन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट