काठमाडौँ:
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएकोले सोमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँका दरले घटाइएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस