२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

नजरका नजारा(गजल)




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ १७, आईतबार मा प्रकाशित ४ महिना अघि
  •                                  नजरका नजारा
                                           गजल:

    यिनै आखाले सुन्दर शहर, पनि त हेर बन्जर देखिन्छन्,|
    यिनै आखाले बन्जर गाउ, पनि त हेर सुन्दर देखिन्छन् ||

    हेर सज्जन जहा तिमि सुनसान देख्छौ, मसानघाट देख्छौ
    हो त्यहि मलाइ तिम्रा धन घमण्ड बैमानका घर देखिन्छन्।।

    चुर्लुम्म स्वार्थको घडामा डुबि बोलेर आदर्शका भाषा सधै,
    के हिड्छौ र इमानको बाटो, ति पैतला त पन्चर दिखिन्छन् ||

    हामिले जस्तो गरेर हिड्छौ, चाहे त्यो राम्रो होस वा नराम्रो,
    नया पुस्ताले पनि सिको गर्छन, अनि त त्यस्तै असर देखिन्छन्||

    पुर्णिमा तिम्रो नजरको रहर, पुरा गर्न सक्ने सामर्थ्य राख्छु,
    आउ अङ्कुरको दिल भित्र पस, थरि थरिका शहर देखिन्छन् |

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट