दोधारा:
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सामाजिक दायित्व र ज्येष्ठ नागरिकको सम्मानका लागी जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो लुगा बितरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको आयोजनामा वडामा बसोबास गर्ने ९१ जना जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो कम्वल (ब्लेङकेट) बितरण गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । वडाका जेष्ट नागरिक हाम्रा जन्मदाता तथा जिउादा ईतिहास भएकाले उनिहरुको मनोवल उच्च राख्न सम्मान सहित न्यानो कम्वल बितरण गरिएको वडाध्यक्ष पदम रावलले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य तथा उनिहरुले पाउने भत्ता लगाएत समाज तथा घरपरिवारमा स–सम्मान बाँच्न पाउने अधिकारका लागि वडा सधै लागिपरिरहेको वडाध्यक्ष पदम रावलले बताउनुभएको छ् । वडा कार्यालयले सधैको बर्ष जस्तै यस वर्ष पनि जेष्ठ नागरिकलाई न्यानो लुगा बितरण तथा सम्मान गरेको उहाँले बताउनुभयो । न्यानो सामग्री लिन वडा कार्यालय सम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामग्री वितरण गरिएको वडाध्यक्ष रावलले बताउनुभएको छ् । ज्येष्ठ नागरिकका अपेक्षा र आवश्यकता सम्बन्धमा सरकार मात्र नभएर आमनागरिक र परिवारको भूमिका कत्तिको प्रभावकारी छ त ? यस बारे पनि सोच्नु जरुरी रहेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ज्येष्ठ नागरिक जिवित पुस्तकालय रहेको र आफ्नो जिवनको अमूल्य समय परिवार, समाज र राष्ट्रको सेवामा समर्पण गरेर अनुभव आर्जन गरिसकेको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । ज्येष्ठ नागरिकको लामो समय सम्म देखेका र भोगेका अनुभवले युवा पुस्तालाई सही मार्ग पहिल्याउनको लागि ज्येष्ठ नागरिकबाट जिवनोपयोगी शिक्षा मिल्ने नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । अहिलेको ज्येष्ठ नागरिक भनेका हिजोका युवाशक्ति रहेको र उनीहरुको योगदान र बलिदानबाट आजको पुस्ताको अस्तित्व रहेको उहाँको भनाई रहेको छ् । जेष्ठ नागरिकलाई सम्मान सहित न्यानो लुगा बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावल, वडा सदस्य, जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस