२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

महेन्द्रनगरदेखि बैतडी आउदै गरेको बस दुर्घटना, ४ जना मृतककाे सनाखत, १२ घाइते




  • त्रिनेत्र पोष्ट
  • २०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १ महिना अघि
  • बैतडी:

    कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चाैँडी आउदै गरेको बस डडेलधुराको अमरगढी नगरपालिका-७ खसरेखानमा गएराति दुर्घटनामा परेको छ । दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएकाे हने । दुर्घटनामा परि १२ जना घाइते भएकाे बुझिएकाे छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएकाे छ ।

    घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी-८ का ४२ वर्षीय पदम बहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको डडेल्धुराका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताउनुभयाे ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट