२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

दोधारा चाँदनीमा बाघ देखा परेपछि स्थानियबासीमा त्रास बढ्यो, ड्रोनद्धारा उखुवारी सर्च गर्ने तयारी




  • त्रिनेत्र पोष्ट
  • २०८१ आश्विन २०, आईतबार मा प्रकाशित १ महिना अघि
  • दोधारा:

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बाघको सन्त्रास बढेर गएको छ् । दोधारा चाँदनी नगरपालिका– ५ गौरादेबी मन्दिर टोल नजिक शनिवार घर नजिकैबाट बाघले घरपालुवा कुकुरलाई आक्रमण गरि लगेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको हो । सो बाघ आज बिहान फेरी उखुवारीमा देखा परेपछि स्थानियबासीहरुमा त्रास बढेर गएको स्थानियबासीहरुले बताएका छन् । बाघ बारम्बार घर नजिक रहेको उखुवारीमा देखा परेपछि स्थानियबासीमा त्रास उत्पन्न भएको स्थानियबासी महेन्द्र बिष्टले बताउनुभएको छ् । बाघले स्थानिबासीहरुमा आक्रमण गर्ने सम्भावना प्रवल रहेको उहाँको भनाई रहेको छ् । स्थानियबासीहरुले घर नजिक बाघ देखा परेको खबर दिए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरी र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको एक टोली गौरादेबी मन्दिर टोलमा पुगेका छन् । उखुवारी क्षेत्रमा ड्रोनद्धारा सर्च अभियान संचालन गर्ने भनिएता पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्राविधिक टोली सो क्षेत्रमा नपुगेको स्थानियबासीहरुले बताए । घना बस्ती रहेको गौरादेबी मन्दिर टोलमा बाघ देखापरेपछि स्थानीयवासीलाई सतर्क रहन सुरक्षाकर्मीहरुले अपिल गरेको छ् । केही दिन अघि दोधारा चाँदनी नगरपालिका– २ मा बाघको आक्रमणमा परि २३ वर्षिय हिरा शाहको ज्यान गएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट