काठमाडौँ:
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नेपाल र भारतका उच्च अधिकारीको सहभागिता रहेको उक्त बैठक न्यूयोर्क प्यालेस होटलमा सम्पन्न भएको हो । बैठकमा सहभागी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । बैठकमा नेपालका राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र भारतका विदेशमन्त्री एस जयशंकर सहभागी थिए । प्रधानमन्त्री ओलीले बैठक फलदायी र सकारात्मक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस