महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित शुभयात्रा जिप/कार रिपेरिङ एण्ड वासिङ सेन्टरमा काम गर्ने एक युवक मृत फेला परेका छन्।
बेतकोट नगरपालिका–७, लालपुरका १८ वर्षीय रमेश विक बुधबार वासिङ सेन्टर नजिकै रहेको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। विक केही समयदेखि सोही वासिङ सेन्टरमा काम गर्थे । उनको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस