२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

मुख्यमन्त्री शाहले पाए विश्वासको मत




  • त्रिनेत्र पोष्ट
  • २०८१ श्रावण ३०, बुधबार मा प्रकाशित ३ महिना अघि
  • महेन्द्रनगर:

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

    मुख्यमन्त्री शाहले राखेको विश्वासको मतको पक्षमा ३६ मत परेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्तिका लागि २७ मत भए पुग्छ। प्रदेश सभाको बैठकमा ४५ जना प्रदेश सभा सदस्य उपस्थित थिए ।

    १० दिनअघि साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ गरी ३६ मत पाएका हुन् ।

    विपक्षमा ८ मत परेको छ। एकीकृत समाजवादीका ४ र माओवादीका ४ मत मत विपक्षमा परेको छ । माओवादीका १० सांसदमध्ये ६ जना अनुपस्थित रहेका थिए । त्यस्तै राप्रपा अनुपस्थित र स्वतन्त्र सांसदको मत तटस्थ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट