दोधारा:
भारतिय जंगलबाट आएको हात्तीले नेपाली बस्तीका किसानहरुले लगाएको खेतीवाली नष्ट गर्न थालेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ बडुवाल टोल संग जोडिएको भारतिय जंगलबाट भित्रिएको हात्तीको बथानले किसानहरुको यस वर्ष फेरि धान तथा मकैवाली नष्ट गर्न थालेको छ् । बिगतका दिनहरुमा अन्नवाली नष्ट गर्नुको साथै घर भत्काउदै आएको हात्तीको बथान फेरि बडुवाल टोल बस्तीमा पसेर स्थानियबासीहरुको धान तथा मकैवाली नष्ट गर्न थालेको स्थानियबासी कृष्ण सिंह भाटले जानकारी दिनुभएको छ् । हात्तीको त्रासको कारण सुत्न समेत नपाएको उहाँले बताउनुभएको छ् । मध्यरातमा बस्ती भित्रिने हात्तीले मानिसमा आक्रमण गर्ने डरले हात्ती धपाउन भाडा बजाउने आगोको धुनी बाल्ने, पटाका पट्काउने गर्दै आएको कृष्ण सिंह भाटले बताउनुभएको छ् । किसानहरुले लगाएको धान, मकै तथा चरि वाली खाएर, उद्यनेर नष्ट गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी राना क्षेत्रीले बताउनुभएको छ् । हात्तीको आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेका वडा सदस्य राना क्षेत्रीको भनाई छ् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको स्थानियहरु बताउछन् । बिगत १०/१२ वर्ष देखि बडुवाल टोलमा जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ् । जोगबुडा नदी पारी तथा नेपाल–भारत सिमा क्षेत्र संग जोडिएको बडुवाल टोलमा तिन सय घरपरिवारको बसोबास गर्छन् । एकरातमा दर्जनौ जंगली हात्तीको बथानले अन्नवाली संग घर भत्काउदै आएपछि बस्तीका अधिकांश स्थानियहरु दैनिकी चलाउन भारतको कालापहाडमा ज्यालामजुरी गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस