महेन्द्रनगर:
कञ्चनपुरमा पाँचलाख बढीको भन्सार छलिका अवैध समान बरामद गरिएको छ ।
आइतबार जिल्लाको विभिन्न ठाउँमा भारतबार भन्सार छलि गरि समान भित्र्याउदै गर्दा प्रहरीले पाँचलाख बढीको अवैध समान बरामद गरेको हो ।
भासी, मझगाँउ, दोधरा चाँदनीको कञ्चभोज र पुनर्वास खडडाकंकडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५ लाख ६ हजार ९२ रुपैँया बराबरको चिनी, खाने सोडा, पेय पदार्थ, कस्मेटिक सामान, साडी, धोती,
मिठाई, मोटरसाईकल (थान–१) लगायतका समानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस