२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मेयर लिम्बुको प्रधानमन्त्री ओली संग भेट, बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बजेट माँग




  • त्रिनेत्र पोष्ट
  • २०८१ श्रावण २५, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • दोधारा:

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि बाढीले गरेको क्षती र तटबन्ध निमार्णको बारेमा छलफल गर्नुभएको छ् । प्रधानमन्त्री कार्यालयमा पुगेर दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संग भेट गरि केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बढी प्रभावित बनाएको र बाढीको कारण नगर क्षेत्रको १ सय २ घर पुर्णरुपमा क्षतीको बिषयमा प्रधानमन्त्री जानकारी गराउनुभएको छ् । बाढीले दोधारा चाँदनी नगरपालिकामा झोलुङ्गे पुल, सडक, अन्नवालीमा ठुलो क्षती बनाएर नगर क्षेत्रको बिकासमा बाधा बनाएको जानकारी गराउदै महाकाली तटबन्धको उचाई होचो भएको र जगबुडा नदीको कारण उर्वरक खेतीयोग्य जग्गा सहित मानव बस्ती जग्गा कटानी गर्दै गएको हुदा तटबन्ध निमार्ण संगै बाढीले गरेको भौतिक क्षतीको पुनरनिमार्ण र पक्की तटबन्ध निमार्णको लागी बजेटको माँग गरिएको उहाँले बताउनुभएको छ् । बाढीपिडितहरुलाई संघ–संस्थाहरुले राहत दिदै आएको र स्थानिय सरकारले राहत तथा उनिहरुलाई क्षतीपुर्ती दिन सक्ने अवस्था नभएको हुदा राहत र क्षतीपुर्ती समेत माँग गरिएको बताईएको छ् । प्रधानमन्त्री ओलीलाई नगर प्रमुख लिम्बुले केही दिन अघि आएको बाढी, डुबानको तथ्यांक लिखितरुपमा बुझाउनु भएको छ् । यस्तै बाघको आक्रमणमा मृत्यु भएका हिरा शाहीको बारेमा समेत प्रधानमन्त्रीलाई अवगत गराउनुभएको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट