२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

बाघको आक्रमणबाट ज्यान गुमाएका हिराको परिवारलाई नगरपालिकाको ५० हजार सहयोग




  • त्रिनेत्र पोष्ट
  • २०८१ श्रावण १८, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • दोधारा:

    कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकी २३ वर्षिय हीरा शाहको परिवारलाई दोधारा चाँदनी नगरपालिकाले आर्थिक सहयोग गरेको छ् । बिहिबार दोधारा चाँदनी नगरपालिका–२ कमलशा टोलकी हिरा शाहीले खेतमा धान गोड्ने क्रममा बाघको आक्रमणमा परी ज्यान गुमाएकी हुन् । खेतमा धान गोड्ने (घास काट्ने) क्रममा पछाडी पट्टी रहेको उखुाबारीबाट बाघले आक्रमण गर्दा शाहीको मृत्यु भएको हो । शुक्रबार दोधारा चाँदनी नगरपालिकाले मृतक शाहको परिवारलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ् । पीडित परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त आर्थिक सहयोग गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । दोधारा चाँदनी नगरपालिका–२ का वडाध्यक्ष पदम रावलले आज उक्त आर्थिक सहयोग मृतक शाहको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट