२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

पटरा खल्लाका २६ घरपरिवारलाई नेपाल रेडक्रसद्धारा त्रिपाल, भाडाकुडा लगाएत गैरखाद्य सामग्री




  • त्रिनेत्र पोष्ट
  • २०८१ श्रावण ४, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • दोधारा:

    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाका २६ घरपरिवार बाढीपिडितलाई नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री बितरण गरेको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिनुभएको छ् । गएको २४ र २५ गते आएको अबिरल वर्षा संग जगबुडा नदी र महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा १ सय २ घरहरु पुर्ण क्षती बनाएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लामा बसोबास गर्ने २६ घरपरिवारको घरहरुमा बाढीले ठुला क्षती बनाएर घर फर्किने अवस्था नभएको हुदा नेपाल रेडक्रस सोसाईटी चाँदनी उपशाखाले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडीले बताउनुभएको छ् । हालको लागी पटरा खल्लाका २६ घर बाढीले पुर्ण क्षती बनाएका घरपरिवारको लागी नेपाल रेडक्रस सोसाईटीले भाडाकुडा, त्रिपाल लगाएत गैरखाद्य सामग्री उपलब्ध गराएको र बाढीबाट पुर्णरुपमा क्षती बनाएका अन्य घरपरिवारहरुलाई सहयोग पुगोस भनेर आफुहरु निरन्तर प्रयासमा रहेको उहाँको भनाई रहेको छ् । अविरल वर्षा संगै जगबुडा नदीको भंगालो बस्तीमा पसेर पटरा खल्लाका २६ घरपरिवार अझै सम्म घर फर्किन सकेका छनन् । उनिहरु नजिक रहेको जमुना आधारभुत बिद्यालयमा अझै सम्म आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबैथोक बगाएपछि पटरा खल्लाका २६ घरपरिवारलाई निड्स नेपाल कञ्चनपुरले खानाको व्यवस्था गर्दै आएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट