२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बाढी र डुवानको समस्या हल गर्न नेकपा एमालेका अध्यक्ष ओलीलाई दोधारा चाँदनीका मेयर लिम्बुले बुझाए ज्ञापन पत्र




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ २८, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • दोधारा:

    दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले यस बर्ष बर्षातको शुरुवातमै भिषण बर्षा भएर ठुलो धनमालको क्षती भएको बिषयलाई लिएर नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा वर्षा संग महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले मच्चाएको ताण्डवको बारेमा जानकारी गराउदै ज्ञापन पत्र बुझाएको दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । वर्षा संग आएको नदीको बाढीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा घर, सडक, झोलुङ्गे पुलमा ठुलो क्षती बनाएको छ् । अविरल वर्षा संग आएको महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पस्दा धेरै स्थानियहरुलाई बेघर बनाएको छ् । मेयर लिम्बुले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाण्डौंमा भेट गरि बाढीले गरेको क्षतीको अवस्थाको बारेमा जानकारी गराउदै लिखितरुपमा क्षतीको तथ्यांक समेत बुझाएको बताउनुभएको छ् । ‘दोधारा चाँदनी नगरपालिकाको बाढी डुबानको वस्तु स्थितिको बारेमा जानकारी गराउदै क्षतिको लिखित तथ्यांक पुर्व प्रधान मन्त्री श्रदेय नेता तथा पार्टी अध्यक्ष केपी ओलीज्युलाई बुझाउने काम गरिएको जानकारी गराउदछु’ दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट