दोधारा:
दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । लगातार वर्षा संग जगबुडा नदीमा आएको भिषण बाढीको कारण जग्गा कटानीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० ‘अठार नम्वर पिल्लर बस्ती’ बिस्तापितको संघारमा छ् । जगबुडा नदीले कटानी गर्दै बस्ती नजिक नदी पुग्न लागेको स्थानियबासी दिल बहादुर राना क्षेत्रीले जानकारी दिनुभएको छ् । नदीले कटानी गर्दै घर आंगनमा पुग्न लागेको दिल बहादुर राना क्षेत्रीले बताउनुभएको छ् । नदीको कटानी अझै पनि नरोकिएको उहाँले भनाई रहेको छ् । बाढीले अठार नम्वर पिल्लर बस्तीलाई जोड्ने झोलुङ्गे पुल समेत क्षतबिक्षत बनाएर हिड्न समेत समस्या भएको दिल बहादुर राना क्षेत्रीले बताउनुभएको छ् । जगबुडा नदीमा कटानी गर्न थालेपछि गाँउले मिलेर बाँस, रुखका स्याउलाले कटानीलाई रोक्ने प्रयास गरेको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् । बिगतका दिनहरुमा जगबुडा नदीले कटानी गर्दै आएको कारण अधिकांश स्थानियहरु बिस्तापित भएर अन्य स्थानमा बसाई सरेका छन् । नेपाल–भारत सिमा बस्ती संग जोडिएको उक्त बस्तीमा झण्डै २ सय बिघाह उर्वरक किसानहरुको जग्गा रहेको छ् । बस्तीमा वर्षायाममा मात्रै नभई हिउदमा समेत जगबुडा नदीले किसानहरुको उर्वरक भुमी कटानी गर्दै आएको स्थानियबासी डम्मरी ओलीले बताउनुभएको छ् । बाढी आएको बेला आफुहरु रातभरी जाग्रम बसेको डम्मरी ओलीले बताउनुभएको छ् । जगबुडा नदीले अझै पनि जग्गा कटानी गर्दै आएको र बस्तीलाई जोड्ने एक मात्र झोलुङ्गे पुलमा नदीले ल्याएको ठुलो रुख फसेर क्षतीबिक्षत् बनाएको ओलीले बताउनुभएको छ् । नदीले झण्डै २ बिघाह क्षेत्रमा जग्गा कटानी गरेसंगै घर आंगन सम्म नदीले कटानी गर्दै आएपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुमा त्रास बढेर गएको हो । सोमबार अपराह्न सम्म वर्षाका संगै महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर दोधारा चाँदनी नगरपालिकामा रहेका घर, सडक, झोलुङ्गे पुल लगाएत भौतिक संरचनामा ठुलो क्षती भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि नगर क्षेत्रमा बसोबास गर्ने २ सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाले जनाएको छ् ।
प्रतिक्रिया दिनुहोस