दोधारा:
दोधारा चाँदनी नगरपालिका– १ वडा कार्यालय भवन निमार्ण कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– १ खैरेडी टोलमा वडा कार्यालयको भवन निमार्णको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शिलान्यास गरि निमार्ण कार्य अघि बढाईएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. ४८ लाख रकममा निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्राविधीक अशोक चन्दले जानकारी दिएका छन् ।
आज एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भवन निमार्णको शिलान्यास गरेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आफ्नो सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् । ४ कोठा, एक सभा हल र शौलालय भएको भवन आधुनिक भवन निमार्ण गर्न लागिएको बताईएको छ् । अझै सम्म भाडामा वडा कार्यालयबाट जनतालाई सेवा दिदै आएको वडा कार्यालयले आफ्नै भवन निमार्ण भएपछि जनताहरुलाई थप सहजता हुने बिश्वास गरिएको छ् । भवन निमार्ण सुभारम्भमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, वडाअध्यक्ष बिक्रम चन्द, वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो । उक्त निमार्ण कार्यको जिम्मा गणवालिङ्ग निमार्ण सेवाले लिएको छ् ।
प्रतिक्रिया दिनुहोस