२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कञ्चनपुरको गड्डाचौकीमा ७ नम्बर सीमा स्तम्भसम्मै सडक कालोपत्रे




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ २०, बुधबार मा प्रकाशित ४ महिना अघि
  • महेन्द्रनगर:

    कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी स्थित नेपाल भारत दशगजा क्षेत्रमा सडक कालोपत्रे गरिएको छ ।
    भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल–भारत ७ नम्बर सीमा स्तम्भ नजिकको सडक नेपालको तर्फबाट कालोपत्रे गरिएको छ । मंगलबार राती अबेरसम्म नेपाल देखि सीमा स्तम्भ सम्मको ३ सय मिटर सडक कालोपत्रे गरिएको हो ।

    भीमदत्त नगरपालिका–११ का अध्यक्ष प्रकाश थापाका अनुसार पुर्वाधार विकास कार्यालय कञ्चनपुरबाट वडाका लागि आएको बजेटबाट उक्त सडक कालोपत्रे गरिएको हो । छिमेकी मुलूक भारतले केहि महिना अघिमात्रै दशगजा क्षेत्रको ७ नम्बर सीमा स्तम्भ सम्म कालोपत्रे सडक विस्तार गरेको थियो ।

    नेपाल तर्फ सीमास्तम्भ देखि निर्माणाधीन चार लेनको सडक (भाइरल रोड) सम्म सडक कालोपत्रे गर्ने कार्य अन्र्तगत उक्त दशगजा क्षेत्रको भारतले विस्तार गरेको सडक सम्म जोडिने गरि निर्माण कार्य सम्पन्न गरेको हो ।

    पहिले छिमेकी मुलूक भारतले सडक कालोपत्रे गर्न नदिए पनि पछिल्लो समय द्विपक्षीय वार्ताबाट निकास निकाल्न सकिएको भीमदत्त–११ का अध्यक्ष थापाले बताए ।

    ‘पहिले मित्र राष्ट्रले हुदँैन भन्थ्यो ।’ उनले भने, ‘हामीले द्विपक्षीय वार्ता गरि प्रतिकुल परिस्थितिका बावजुद पनि सडक बनायौं ।’

    खगेन्द्र एण्ड सिंह बिल्डर्सले सडक निर्माण सम्पन्न गरेको हो । उक्त क्षेत्रमा पहिले कच्ची सडकका कारण निकै समस्या हुने गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट