२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले दोधारा चाँदनीमा राष्ट्रिय धान दिवस




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ १६, शनिबार मा प्रकाशित ४ महिना अघि
  • दोधारा:

    किसानहरुलाई कृषी पेशा तर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले दोधारा चाँदनीमा धान दिवस मनाईएको छ् । ‘जलवायु कृषी, धान उत्पादनमा बृद्धि’ नारा सहित कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेंसले २१ औं राष्ट्रिय धान दिवस मनाएको छ् । नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समितिको आयोजनामा दोधारा चाँदनी नगरपालिका– २ मा असार १५ अर्थात राष्ट्रिय धान दिवस भव्यरुपमा मनाईएको नेपाली काग्रेंस दोधारा चाँदनीले जनाएको छ् । दिवसको अवसरमा एक किसानको खेतमा विविधी कार्यक्रमको आयोजना गरि राष्ट्रिय धान दिवस मनाईएको नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति सभापती पुष्कर दत्त जोशीले जानकारी दिनुभएको छ् । कृषीमा लगानी धेरै भए पनि प्राय : स्थानमा जग्गा बाजो रहेकोले सरकारी अनुदान सहि ठाँउमा उपयोग हुनु पर्ने नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति सभापती पुष्कर दत्त जोशीले बताउनुभएको छ् । परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण गरेर अवको कृषी उपज निर्बाहमुखी नभई व्यवसायीक खेती तर्फ उन्मुख भए मात्रै नेपाल कृषी क्षेत्रमा आत्मनिर्भर हुन सकिने उहाँले बताउनुभएको छ् । कार्यक्रममा शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले कृषिको पहिलो ठुलो उत्पादन धान रहेता पनी आवश्यकता अनुसार आत्मनिर्भर हुन नसेकोले अव आधुनिक खेती तर्फ लाग्नु पर्ने बताउनु भएको छ् । कृषि पेशामा व्यवसायिक तवरले अघि बढ्न सकिने भएकोले कृषकहरु संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको हावापानी र भुगोलको उत्पादनको आधारमा पकेट क्षेत्र पनि घोषण गरिएको उहाँले बताउनुभएको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि मनाउदै आएको धान दिवस अर्थात रोपाई महोत्सवले किसानहरुलाई कृषी पेशा प्रति थप आकर्षित र उन्मुख बनाउने शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर रानाले बिश्वास लिएको बताउनुभएको भनाई छ् । दोधारा चाँदनी नगरपालिकाको एक किसानको खेतमा धान रोपेर दही चिउरा खाएर धान दिवस मनाईएको छ् । कार्यक्रममा नेपाली काग्रेंसका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा २१ हेक्टर क्षेत्रफलमा धान खेती गरिदै आएको दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखाले जनाएको छ् । बिगतका दिनहरुमा सिमावर्ती भारतिय बजारमा निर्यात हुने किसानले उत्पादन गरेको धान महाकाली झोलुङ्गे पुल तथा निर्माधिन ४ लेनको पक्की पुलकै कारण शदरमुकाम भिमदत्त तथा कैलालीको धनगढी बजारहरुमा किसानहरुले बिक्री बितरण गर्दै आएका छन् । यस्तै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा नेकपा एमाले र शुदुरपश्चिमाञ्चल महिला जागरण उत्थान संस्थाले समेत बिभिन्न कार्यक्रम गरि २१ औं राष्ट्रिय धान दिवस मनाएको खवर प्राप्त भएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट