दोधारा:
दोधारा चाँदनी नगरपालिकामा आगामी आर्थिक बर्षदेखि अनलाईन राजस्व भुक्तानी बारे छलफल गरिएको छ । आर्थिक बर्ष २०८१/०८२ देखि दोधारा चाँदनी नगरपालिकामा लाग्ने सम्पुर्ण राजस्व अब सर्वसाधारणले अनलाइन घर देखि नै भुक्तान गरिने भएको छ । प्रविधीको युग संगै प्रविधीमुलक नगरपालिका बनाउने र अनलाइनबाटै नगरपालिकाको काम भए हुन्थ्यो भन्ने जिज्ञासा अवका दिनहरुमा पुर्ण हुने नगर प्रमुख किशोर कुमार लिम्बुले बताए । दोधारा चाँदनीको राजश्व प्रसाशनलाई थप प्रविधी मैत्री बनाइदै लगिने बताईएको छ् । अनलाइन राजस्व भुक्तानी कसरी गर्ने भन्ने कुरा र नेपाल भरी जुनसुकै पालिकामा कर तिर्नु परे एउटै आईडीबाट सम्पुर्ण कर तिर्न सकिने नगरपालिकाका लेखापाल गोविन्द ऐरले भिडियो सहित प्रस्तुत गरेका थिए । दोधारा चाँदनी नगरपालिका लगातार ४ बर्ष बजेट समयमै सुत्र प्रणाली मा प्रवेस्टिकरण गर्ने देश भरिको पहिलो नगरपालिका बनेको उनले बताए । उक्त कार्यक्रममा नगरपालिका प्रमुख किशोर कुमार लिम्बू, नगर उप प्रमुख गंगा देबि जोशी, वडाध्यक्ष अध्यक्ष पदम रावल, हरि सिंह धनाडी र दसै वडा का वडा सचीव लगायत बजार व्यवसायिहरुको उपस्थिती रहेका थिए ।
प्रतिक्रिया दिनुहोस