२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

एक विपन्न घरपरिवारलाई सहयोग, वडा कार्यालय कार्य प्रति स्थानिय खुशी




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ ९, शनिबार मा प्रकाशित ५ महिना अघि
  • दोधारा:

    कञ्चनपुरको दोधारा चादनी नगरपालिका– ७ वडा कार्यालयले रामपुरे टोलका एक विपन्न घरपरिवारलाई वडा कार्यालयले सोर्य बत्ती, आवास, शौचालय निमार्ण कार्यमा सहयोग गरेको छ् । दोधारा चादनी नगरपालिका– ७ रामपुरे टोल निवासी पार्वती सुनारको घरपरिवारलाई सोर्य बत्ती, आवास र शौचालय निमार्ण कार्यमा दोधारा चाँदनी नगरपालिका– ७ वडा कार्यालयले सहयोग गरेको वडा सदस्य संदिप उपाध्यायले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्यायले पार्वती सुनारको घरमा पुगेर सोर्य बत्ती, आवास र शौचालय निमार्ण कार्यको सहयोगको आज अनुगमन गर्नुभएको हो । आर्थिक अवस्था निकै दैनिय भएकै कारण घर बनाउन नसकेका पावर्तीलाई वडा कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार प्रथम चरणमा सोर्य बत्ती, आवास र शौचालय निमार्ण कार्यमा सहयोग गरिएको वडा सदस्य संदिप उपाध्यायले बताउनुभएको छ् । पार्वती सुनार अझै सम्म सानो खरले छाएको छाप्रोमा आश्रय लिएर बस्दै आउनुभएको छ् । उहाँका श्रीमान भारतको कालापहाडमा ज्यालामजुरी गर्दै आउनुभएको पार्वती सुनार बताउनुभएको छ् । ६ सन्तानका आमा पार्वती सुनारले वडा कार्यालयले गरेको सहयोग प्रति आफु निकै खुशी भएको बताउनुभएको छ् । वडामा बसोबास गर्ने विपन्नहरुलाई उनिहरुको आवश्यकता अनुसार सहयोग गर्ने कार्यक्रम रहेको वडा कार्यालयले जनाएको छ् । वडाबासीको समृद्धि र बिकासको लागी आफुहरु लागिपरेको जनप्रतिनिधीहरुको भनाई रहेको छ् । यस्तै नगर स्तरिय कार्यक्रम अनुसारमा समेत गरिव तथा विपन्नहरुलाई आवास निमार्ण तथा अन्य सहयोगका कार्यक्रमहरु दोधारा चाँदनी नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुले संचालन हुदै आएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट