२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

दोधारा चाँदनीमा नगर प्रहरीको लागी ४० लाख बजेट बिनियोजन




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ ७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • दोधारा:

    दोधारा चाँदनी नगरपालिकाले नगर प्रहरी भर्नाको लागी बजेट स्विकृत गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २८१/८२ का लागी नगर प्रहरी भर्ना तथा व्यवस्थापनको लागी रु. ४० लाख रकम बिनियोजन गरेको हो । दोधारा चाँदनी नगरपालिकाको हिजो बसेको १२ औं नगर सभाले नगर प्रहरी भर्ना तथा व्यवस्थापनको लागी उक्त रकम बिनियोजन गरिएको जनप्रतिनिधीहरुले जनाएका छन् । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेख देख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । आगामी आर्थिक वर्षमा नगर प्रहरी गठन सम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याउने भएको हो । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्ने समेत कोही छैन, कहिले काही अनावश्यक मान्छेले दु:ख दिन्छन्’ एक जनप्रतिनिधीले भने, ‘ठूला समस्या आउदा नेपाल प्रहरी छ् । स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ् ।’ नेपाल प्रहरीले नगर भित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए । सडकमा फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगर पालिकाले जनाएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट