२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

गृह मन्त्रालयकै कारण कञ्चनपुरका नागरिकले सास्ती भोग्नुपरेको छ : सांसद तारा लामा तामाङ




  • त्रिनेत्र पोष्ट
  • २०८१ अषाढ ५, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • कञ्चनपुर:

    प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले गृह मन्त्रालयकै कारण कञ्चनपुरका नागरिकले सास्ती भोग्नुपरेको बताउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै उहाँले मन्त्रीहरूको क्षेत्र केन्द्रित बजेट विनियोजन गरिएको तर कञ्चनपुरका नागरिकले ४२ देखि ४४ डिग्री को चर्को गर्मीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन निक्कै सास्ती खेप्नुपरेको उल्लेख गर्नु भएको छ । इलाका प्रशासन कार्यालय त्रिभुवनवस्तीमा लामो समयदेखि कर्मचारीको अभाव रहेको विषयमा पटक पटक गृह मन्त्रालयको ध्यानाकर्षण गराएको भए पनि कुनै सुनुवाइ नभएको सांसद तारा लामा तामाङको भनाइ छ । गृह मन्त्रालयकै कारण कञ्चनपुरका नागरिकले सास्ती भोग्नुपरेको भन्दै यथाशीघ्र कर्मचारी व्यवस्थापन गरिदिन उहाँले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराउनु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट