२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

म नेता हुँ !




  • त्रिनेत्र पोष्ट
  • २०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • म नेता हुँ

    तपाइँहरूको प्यारो, भरपर्दो, जुझारू अनि विश्वासिलो
    झट्ट हेर्दा इमान्दार, सोझो र मिजासिलो
    हाँसि हासी झुटो बोलेर अरूलाई फकाउन सक्ने
    जनता फुटाएर राज गर्न सक्ने नेता म हुँ ।।

    डन, गुण्डा, बलत्कारी, अगिपछि हिडाउन सक्ने
    बाँचा बन्धन तोड्न सक्ने, साथीभाइ छोड्न सक्ने
    कुर्सी जोगाउन गठबन्धन जोड्न र तोड्न सक्ने
    त्यस्तै परे आफ्नै दल फोड्न सक्ने नेता म हुँ।

    मेरा विरोधीलाई अभियोग लगाएर
    नयाँ नयाँ प्रोपागाण्डा भजाएर
    स्वार्थका लागि सिद्धान्त छोडेर
    आफ्नै मान्छेको पिठ्यु मुसारेर सिध्याउन सक्ने नेता म हुँ ।।

    पढे लेखेका कहिलिएकाहरूले
    मलाई अनपढ, निलर्ज भनरे गाली गरे पनि
    सरूवा, बढुवा र राजनीतिक नियुक्तिका लागि
    तिनीहरूले दिन दिनै धाउनै पर्ने नेता म हुँ ।।

    भ्रष्ट्राचार होइन, कमिशनमा काम गराउने गर्छु
    जनताले भ्रष्ट्राचारी देखे पनि अख्तियारबाट चोख्याउँछु
    कमिशन नखाए टिकट पाइन्न, टिकट पाए नि चुनाव जितिन्न
    टिकट पाउन र चुनाव जित्न कमिशन खान सक्ने खाने नेता हुँ ।

    स्वास्थ्य शिक्षा र विकास कुरा भाइँमा जाओस्
    मन्दिर र ग्रावेलमा सबै बजेट सिद्धाउन सक्छु
    जनताले जति सुकै सभ्य भयौ भनी उफ्रे पनि
    दारू, मासु, पैसा अनि पेट्रोल दिएर सस्तैमा किन्न सक्ने नेता म हुँ ।।

    चुनाव ताका बच्चा देखि बुढासम्म साष्टाङ्ग ढोगी
    रिस उठे पनि गाली समेत मुसुमुसु हाँसेर सहन सक्छु
    भोटका लागि दुई चार दिन जनताको चरणमा परे पनि
    चुनाव पछि जनतालाई मेरा चरणमा पार्न सक्ने नेता म हुँ ।।

    भाषण र कागजमा विकास खोज्ने
    दिन भरी चिया पसलमा गफ छाटी नेतालाई गली गर्ने
    त्यस्ता जनतालाई विदेश पठाई
    रेमिट्यान्समा ब्रह्मलुट मचाउन सक्ने नेता म हुँ ।।

    कमिशन नदिने र सेटिङ नमान्नेहरूका
    व्यापार, व्यवसाय, कल कारखाना बन्द गराई
    नेपालीलाई भुटानी र भारतीयलाई नेपाली बनाई
    राष्ट्रियता बेची नागरिकता समेत साटफेर गर्न सक्ने नेता म हुँ ।।

    भाषणमा विकास, आर्थिक क्रान्ति समृद्धि नारा घन्काई
    देशका गोप्य सूचना बेची आफ्नो छाक टार्ने
    जनताका आँखामा राष्ट्रवादको छारो हाली
    पराईको इशारामा देश चलाउन सक्ने नेता हूँ ।।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट