२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

कञ्चनपुरमा कुमारी बैंकले षडयन्त्र गरेर जमिन लगेको भन्दै पार्की परिवार धर्नामा




  • त्रिनेत्र पोष्ट
  • २०८१ जेष्ठ ६, आईतबार मा प्रकाशित ६ महिना अघि
  • महेन्द्रनगर:

    कञ्चनपुरमा रहेको कुमारी बैंक लिमिटेडका विरुद्धमा एक परिवारले धर्ना सुरु गरेको छ । भीमदत्त नगरपालिका १८ गोबरैयाका प्रकाश पार्कीको परिवारले धर्ना दिएका छन् । गरिब दलित विपन्न गरिब परिवारको उठिबासी गर्न षड्यन्त्र रचेपछि पार्की परिवार आन्दोलित भएको हो । भीमदत्त नगरपालिका १८ गोबरैयाका थम बहादुर कामीको जमिन अनेकन तिकडम गरेर लिलामी प्रकृयामा पु¥याएपछि कामी परिवार स्थानीय सरकारदेखि विभिन्न राजनीतिक दल, निकायमा पुगेको थियो ।

    विगतमा कुमारी बैंकले आफुहरुसंग गरेको सम्झौता उलङघन गर्दै फेरी आफ्नो जमिन हडप्न अर्को प्रपञ्च रहेपछि बाध्य भएर सपरिवार सहित बंैंक बिरुद्ध आन्दोलनमा उत्रिएको बताए । भीमदत्त नगरपालिका १८ गोबरैयाका प्रकास पार्कीले बैंकले अनेकन षड्यन्त्र गरेर आफ्नो लाखौँ रकम मुल्यको ३ कट्टा ११ धुर जमिन अरुलाई लिलाम सकार गर्न खोजेपछि बाध्य भएर धर्नामा बसेको बताए ।

    ‘विगतमा हामीसंग बैंकले सम्झौता नै गरेर १० लाख जम्मा गरे जमिन फिर्ता दिने सम्झौता गरेको थियो, ‘उनले भने, ‘अहिले आएर बैंकले सम्झौता उलङघन गर्दैछ ।’ आइतबार दिउँसोदेखि कुमारी बैंक महेन्द्रनगर शाखमा धर्नामा रहेका पार्की परिवारले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, कार्यान्वयन नगर्दासम्म धर्ना जारी राख्ने जनाएको छ । यस बारेमा उक्त बैंकका कर्मचारीसंग थप बुझ्न जाँदा संचारकर्मीसंग बैकले प्रतिकृया दिन चाहेको छैन् ।

    धर्नामा रहेका पार्की परिवारको धारणा सुनेर बैकमा प्रतिकृया बुझन जाँदा एक जना कर्मचारीले केही छिनमै शाखा प्रमुख आउने भन्दै नम्बर चाहे वेससाईडमा हेर्नुहोला भन्दै जिम्मेबारीबाट पन्छिए । बैंककका कर्मचारीको व्यवहारबाट समेत बंंैकका कर्मचारीले विपन्न पार्कीको जमिन गोलमटोल गरेर कुमल्याउन खोजेको अर्थाउन सकिने स्थानीयको भनाई छ । कञ्चनपुर महेन्द्रनगर शाखा प्रमुख खडक सिंह मडैलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट