२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

महाकाली अस्पतालद्वारा दोधारा चाँदनीमा विद्यार्थीकालागि निःशुल्क स्वास्थ्य शिविर




  • त्रिनेत्र पोष्ट
  • २०८१ बैशाख २७, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • महेन्द्रनगर:

    महाकाली प्रादेशिक अस्पतालले दोधारा चाँदनीको जनज्योती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बिहिबार महाकाली प्रादेशिक अस्पतालले दोधारा चाँदनी– ८ मा रहेको जनज्योती माध्यमिक विद्यालयमा विद्यार्थीहरुकै लागी नाक, घाटी तथा दन्त रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

    उक्त शिविर बाट ३ सय ८२ जना विद्यार्थीहरुले नाक, घाटी तथा दन्त रोग सम्बन्धी जाँच गराएका छन् । शिविरमा नाक, घाटी तथा दन्त रोग सम्बन्धी जाँच र औषधी समेत निःशुल्क वितरण गरिएको महाकाली प्रादेशिक अस्पताललका अध्यक्ष कृष्ण भट्ट (किरण) ले बताए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट