कञ्चनपुर:
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक दशकमा दोब्बर बढि बाघको संख्या बृद्धि भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक दशक अर्थात १० बर्षको अवधिमा दोब्बर बाघको संख्या बृद्धि भएको हो ।
यो संगै सरकारले सन ०२२ सम्ममा बाघको संख्या दोब्बर पु¥याउने लक्ष्य शुक्लाफाँटा लक्ष्य भन्दा बढि उपलब्धी हासिल गरेको पाईन्छ ।
निकुञ्ज प्रशासनको तथ्याङ्क अनुसार १० बर्ष अघि १७ बाघ रहेको निकुञ्जमा अहिले दोब्बर बढि ४४ बाघको संख्या पुगेको छ । सन ०१३ मा शुक्लाफाँटामा १७ बाघ थिए, पाँच बर्षपछि १ घटेर ०१८ मा १६ बाघ मात्रै रहे । फेरी ४ बर्षपछि ०२१ का ३ बढेर १९ भए । ०२१ चैत्र दोस्रो सातातिर निकुञ्ज भित्र एक बाघ मृत फेला परेको थियो ।
एक बर्षकै अवधिमा १७ बाघ बढेर ०२२ मा ३६ भए । फेरी एक बर्षको अवधिमा ३ घटेर ०२३ मा ३३ मा झरे । ३३ बाट सिधै ०२४ मा ४४ पाटे बाघको संख्या पुगेको छ । २४ भाले, १७ पोथि र ३ को लिङ्ग पहिचान भएको छैन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत प्रमोद भट्टराईले क्यामेरा ट्यापिमा नपरेका तीन बाघको लिङ्ग पहिचान भएको बताए । ‘तीन बाघ हाम्रो क्यामेरामा नपरेका हुन, ‘उनले भने, ‘क्यामेरामा कोही बाघ नपर्न पनि सक्छन ।’
निकुञ्जका प्रमुख सरक्षण अधिकृत भट्टराईले बयस्क बाघको संख्या बढि हुँदा प्रजनन् क्षमता बृद्धि हुने, प्रसस्तै आहारा र चोरी शिकारी पुर्ण नियन्त्रण हुँदा बाघको संख्या बृद्धि भएको बताए । निकुञ्जको तथ्याङ्क अनुसार ०१३ मा घनत्व २.४, १८ मा ३.४८, ०२१ मा ४.३, २२मा २.५१, २३मा ७.७८ र ०२८ मा ९.९८ रहेको छ । शुक्लाफाँटा निकुञ्जमा ६८.०४ आहारा प्रजातिको घनत्व रहेकोछ ।
०१३, १८, २२ मा राष्ट्रिय सर्वोक्षण र ०२१, ०२२ र २३मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आफैले गणना गरेको थियो ।
चालु आर्थिक बर्षको गत पुष र माघमा बाघ गणना गरिएको थियो । निकुञ्जलाई २÷२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखेर बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट गणना गरिएको थियो ।
शुक्लाफाँटा निकुञ्जको चाँदमारी, बेलडाँडी, हिरापुर, डिभिजन वन कार्यालय कञ्चनपुर अन्र्तरत तिलकेनी, बेदकोट, दोम्मिल्ला, डाँगाजाई र डडेल्धुरा अन्र्तरगत आलिताल, नाउला र चिरकोट सहितका स्थानमा क्याम्प राखेर बाघ गणना गरिएको थियो ।
बाघ सर्वेक्षणका लागि हात्ती सहित मानविय जनशक्ति परिचालन गरेर स्वचालित क्यामेरा, सन्टो कम्पास, रेन्ज, फाईण्डर र जिपिएस उपकरणबाट रेकर्ड गरिएको थियो । बाघ बस्ने स्थानमा जोडीका हिसाबले क्यामेरा राखिएको र बाघ हिड्दा दुवै तर्फ क्यामेराले फोटो खिचेको थियो ।
यसरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि हुन थालेपछि सरक्षणकर्मी समेत हर्षित भएका छन ।
सरक्षणकर्मी एव सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेश दत्त जोशीले बाघको संख्या बृद्धिले समग्र जैविक विविधता क्षेत्रमा सुधार आएको बताए । ‘बाघ ईको सिस्टमको शिर्ष स्थानमा हुन्छ, ‘उनले भने, ‘बाघको संख्या बृद्धिमा पर्यावरण समेत सरक्षण भएको मानिन्छ, यसमा जनता र सरकार दुवैको भूमिका महत्वपूर्ण भएको पाईन्छ ।’
सरक्षणकर्मी जोशीले लालझाडी जैविक मार्ग क्षेत्रमा सुधारले पनि शुक्लाफाँटा निकुञ्जमा बाघको मुभमेन्ट बृद्धिमा मदन पुगेको बताए । विस ०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरिएको शुक्लाफाँटा विस ०३२ मा वन्यजन्तु आरक्ष र ०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो ।
शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । निकुञ्ज सरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ । नियमित गस्तीदेखि चोरी, शिकारी एव तस्करीमा सुन्य सहनशिलता नीति अपनाएरले सेनाले काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस