२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बढ्दो आगलागी




  • त्रिनेत्र पोष्ट
  • २०८१ बैशाख १२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • कंचनपुर:

    गर्मी यामसंगै सुख्खा मैसम हुने भएका कारण अहिले आगलागिका घटनाहरु बढीरहेका छन् । सानो लापरवाहीका कारण आगलागिबाट ठूलो जनधनको क्षति हुने गरेको छ । केही दिन अघि दोधारा चाँदनी नगरपालिकामा गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहु“बालीमा आगलागी भएको थियो । आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ ।

    त्यस्तै कैलालीको जोशीपुर गाउाँलिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहँुु नष्ट भएको छ । आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको छ । त्यहा पनि बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको छ । भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ । कैलालीमा एकैदिन १५ जनाको गहुँ बालीमा आगलागी भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ पकरीयाका १५ जनाको गहुँमा आगलागी भएको छ । सोहि ठाउँकी २४ वर्षीया विपना गड्सीलाले फोहोर जलाउने क्रममा गहँुँबालीमा आगलागी भएको छ । गहुँबालीमा आगलागी हुनुमा विद्युत कार्यालयको लापरवाही देखिएको छ ।

    यसरी गरिने लापरवाहीका कारण किसानको सर्वस्व गुमेको छ । गहुँबालीमा आगलागीको क्षतिपूर्तिको लागि विद्युत कार्यालयले जिम्मेवारी लिनु पर्ने हो । तर सरकारी नीति नियमकै कारण किसान ले समयमा नत क्षतिपूर्ति पाउछन् नत क्षति गर्नेलाई कारवाही नै हुन्छ । सामान्य लापरवाहीले धेरैका घर टहरा जलेर खरानी भएका छन् भने वन जंगलमा लागेको आगोले करोडौको काठ र वन्यजन्तु नष्ट हुने गरेका छन् । कञ्चनपुर जिल्लाको चुरेक्षेत्रमा अहिले ठाउँ ठाउँमा आगलागी भएको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि जिल्लाका बिभिन्न स्थान तथा चुरेक्षेत्रमा डढलोको प्रकोप बढेको छ । चुरे क्षेत्रमा ब्रह्मदेवदेखि कैलालीको गोदावरीसम्म दर्जन बढी ठाउँमा आगो लागिरहेको छ । डडेलधुरा र कञ्चनपुरमा पर्ने चुरे क्षेत्रमा लागेको डढेलो रातीको समयमा सहजै देख्न सकिन्छ । लालझाडी मोहना संरक्षित क्षेत्रमा डढेलो लागेको छ ।

    डढेलोका कारण वातावरणीय र अमूल्य वनसम्पदामा क्षति पुग्नुका साथै जडिबुटी तथा लोपोन्मुख पशुपन्छीको अस्तित्व संकटमा पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार डढेलोबाट ११३ हेक्टर बढी वन क्षेत्र प्रभावित भएको छ । तराइमा ७० हेक्टर र चुरे फेदीमा ५२ हेक्टर हाराहारी वन क्षेत्र डढेलोले प्रभावित भएको बताइएको छ । तराईमा डढेलो चाँडै नियन्त्रण गर्न सकिने भएपनी चुरेमा आगो निभाउन समस्या हुने भएकाले पानी नपर्दासम्म डढेलो नियन्त्रण गर्न असम्भव हुने गरेको छ । भिरपाखाका कारण डढेलो निभाउन नसकिने गरेका कारण चुरे क्षेत्रमा बढी डढेलो फैलिनेगरेको छ । गर्मीयाम सुरु भएपछि चैत, वैशाख, जेठ महिनासम्म डढेलो लाग्ने गर्छ । डढेलोका कारण बर्सेनी हजारौं हेक्टर क्षेत्रफलमा वन नाश हुने गरेको छ । सरोकारवाला निकायले यसको समाधानका लागि उपायको खोजी गर्नु जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट