२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

काठमाडौंमा वडा अध्यक्षद्वय विष्ट र बोहरालाई एम्बुलेन्स हस्तान्तरण




  • त्रिनेत्र पोष्ट
  • २०८१ बैशाख ३, सोमबार मा प्रकाशित ७ महिना अघि
  • महेन्द्रनगर:

    भीमदत्त नगरपालिकाका दुई वडाले भारतीय राजदूतावासबाट एम्बुलेन्स सहयोग पाएका छन् । भीमदत्त नगरपालिका वडा नं. १६ र १३ ले आइतबार एम्बुलेन्स पाएका छन् ।

    भारतीय राजदूतावासको नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुबै वडालाई संयुक्त रुपमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । भीनपा १६ का वडा अध्यक्ष केशव सिह विष्ट र १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासलाई आइतबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

    भारतीय राजदूतावासले आइतबार नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत आइतबार कार्यक्रम गरी उपहार स्वरुप एम्बुलेन्स तथा स्कुल वस हस्तान्तरण गरेको छ ।

    राजदूतावासले दुई सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ । उल्टाखामस्थित सरस्वती मावि र बागफाँटाको लक्ष्मी माविलाई बस हस्तान्तरण गरिएको छ ।

    काठमाडौमा गरिएको कार्यक्रममा अर्थमन्त्री बर्षमान पुन र भारतीय राजदूत नविन श्रीवास्त सहभागी कार्यक्रममा एम्बुलेन्स, स्कुल बस हस्तान्तरण गरिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट