२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

रेबिज (Rabies) रोग बारे जानकारी




  • त्रिनेत्र पोष्ट
  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित ७ महिना अघि
  • यो बिषाणुहरुद्धारा हुने अति खतरनाक रोग हो । यो रोग सबै तातो रगत भएका प्राणीहरुमा देखिन्छ । यो रोग गाइ, भैसी, भेडा, बाख्रा, सुगुर, बंगुर, स्याल, मानिस तथा चराहरु लगायत सबै जंगलि जनावर हरुमा देखा पर्दछ । रोगी पशुले स्वस्थ्य पशु लाइ टोक्दा वा चोट पटक लागेको घाउमा रोगीको र्याल पर्दा यो रोग सर्दछ ।

    रोगका लक्षणहरु :

    साधारणतया रोगका बिषाणुहरु सरिरमा प्रबेश गरे पछि ३ देखि ८ हप्ता भित्रमा यस रोगका लक्षणहरु देखा पर्दछन । तर कहिलेकाहि ६ महिना देखि १ बर्ष सम्म पनि लागेको पाइएको छ । कलिलो कम उमेरको जनावरले छिटो लक्षण देखाउछ । टोकाइ दिमाक को जति नजिक छ त्यतिनै छिटो लक्षण देखिन्छन । यो रोग लागेका जनावर तथा मानिसमा दुइ किसम का लक्षहरु देखा पर्दछन ।

    १.उत्तेजक किसिम Furious form (कुकुरमा)

    कुकुर धेरै उत्तेजित हुन्छ र बाटोमा जसलाइ देखे पनि टोक्दै हिड्दछ । कुकुर लाइ ढुङ्गा हाने पनि त्यस ढुङ्गालाइ समेत टोक्दै जान्छ । खोर भित्र राखेको भए, खोर लाइ नै टोक्दछ । आँखा रातो भएको हुन्छ र मुखबाट र्याल निकालेको हुन्छ । पुच्छर पछाडिका खुट्टाभित्र हालेर हिड्दछ । पुच्छर लुकार हिडदछ बिस्तार बिस्तारै कुकुर ले पछाडिका खुट्टाहरु (पक्षघात) लडखडाउन्छ । अब कुकुर एक ठाउमा बसिरहन्छ, खाना र पानि केहि पनि खादैन घाटिको पक्षघात हुनेहुनाले बढि रयाल फालि रहन्छ । लक्षणहरु देखा परेको १ हप्तामा नै कुकुर मर्दछ ।

    गाई, भैसि, भेडा,बाख्रा तथा बंगुरमा : 

    जनावर अनौठो स्वरले कराउछ । आफै चम्कीने, तर्सिने, आफ्नै मालिक लाइ समेत हान्न खोज्ने, छिन छिनमा पिसाव गरि रहने । राँगो, साँढे खोजेको बेलाको जस्तै लक्षण देखाउने । आँखा राता देखिने । टाउको पर्खालमा, भित्तामा हान्ने । अगाडिका खुट्टाले माटो खन्ने जस्तो गर्ने । पछाडिका खट्टामा पक्षघात हुने र जनावर भुइमा बसि रहने ।

    २. मौन वा लाटो किसिम Dumb form

    घाँटी र मुखका मांंसपेसिहरुको पक्षघातभई जनावर (कुकुर) ले बढि र्याल चुहाइ रहन्छ । कुकुर ले केहि पनि खानेकुरा निल्न सक्दैन । पछाडिका खुट्टाको पक्षघात हुन्छ । ४ देखि ५ दिन भित्र जनावर मर्दछ । मानिसमा पानी देखि डराउने ज्थमचय उजयदष्ब हुन्छ ।

    रोग निदान : लक्षणहरुको आधारमा । रोगी पशुको टाउको बरफमा हालि प्रयोगशालामा निदानको लागी पठाउने । रेबिजका बिषाणुहरु पत्ता लगाउन जैबिक परिक्षण गरिन्छ ।

    रोग नियंत्रण तथा उपचार : यस रोगको उपचार छैन । यसकारण बैलाहा कुकुर वा अन्य कुकुरले टोक्ने बित्तिकै घाउ लाइ साबुन पानी वा पोटास पानी ले घाउ सफा गर्ने । स्पीरिट वा टिन्चर आयोडिन लाइ घाउमा लगाउने ।

    आफ्ना कुकुर हरुलाइ ३ महिनाको उमेरमा पहिलो सुइ र त्यस पछि १÷१ बर्षमा रेबिज बिरुद्ध खोप दिने । र्याल काडि रहेको पशुहरुको उपचार गर्दा खेरि सर्तकता पुर्बक काम गर्ने, ग्लोब लगाई उपचार गर्ने । रक्षा रेब, नेजा रेब आदि खोप दिन सकिन्छ । अन्य खोपहरुमा रेबिसिन, नोबिभेक ,रक्षारेब, पेन्टाडग, रबिपुर, भिरोरेब आदि खोपहरुलाइ सोहि कम्पनिहरुको निर्देशन अनुसार प्रयोग गर्ने । रेबिजको संका गरेको पशु संग मानिसहरुको लसपस भए मान्छेहरुले पनि खोप लगाउन पर्ने हुन्छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुर

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट