२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

बालिका करणी गर्ने कञ्चनपुरको भुजेलाका एक युवकलाई १० वर्ष कैद




  • त्रिनेत्र पोष्ट
  • २०८० चैत्र २५, आईतबार मा प्रकाशित ७ महिना अघि
  • महेन्द्रनगर:

    एक १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुरका एक युवकलाई १० वर्ष कैद हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो ।

    जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला भएको जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले बताए ।

    पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट