कंचनपुर:
हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कंचनपुरको ११ औ वार्षिक साधारण सभा आज कंचनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कंचनपुरका अध्यक्ष देवराज मिश्रको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथी हरु नेपाल निर्माण सामाग्री व्यापार महासंघका उपाध्यक्ष कृष्ण राम न्यौपाने र कंचनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्वदेशी व्यवसायीहरुद्वारा उत्पादित वस्तुहरुको प्रयोगले समृद्धि ल्याउने बिश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमका हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कंचनपुरले प्रकासन गरेको स्मारिका विमोचन गर्नुका साथै स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत गरिएको थियो। जिल्लाका बिभिन्न संघसंस्थाहरुमा आवद्ध बिशिष्ट व्यक्तिहरूको उपस्थितिमा सम्पन्न साधारण सभामा संघका महासचिव रामदत्त भट्टले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बल्देब भट्टले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । साधारण सभामा उपस्थिति अतिथिहरुलाई संघका बरिष्ठ उपाध्यक्ष वसन्तराज जोशीले स्वागत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस