महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र उपमेयर निलम लेखक जोशीले निर्वाचित भएपछि भ्रमण (यातायात) खर्चमा १० लाख ४८ हजार ४६३ रुपैयाँ स्वाहा पारेको खुलासा भएको छ ।
क्रान्तिकारी युवा संगठन नेपालले माग गरेको विवरण उपलब्ध गराउँदै नगरपालिकाले आर्थिक वर्षअनुसार खर्च विवरण उपलब्ध गराएको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा जनप्रतिनिधि नवनिर्वाचित भएपछि ३६ हजार ५८५ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७९/०८० मा मेयर बोगटीले ५ लाख १५ हजार १८५ र उपमेयर लेखकले १ लाख ३३ हजार ४०० गरी कूल ६ लाख ४८ हजार ५८५ रुपैयाँ खर्च गरिएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को हालसम्म मेयर बोगटीले २ लाख २० हजार २७८ रुपैयाँ र उपमेयर लेखकले १ लाख ४२ हजार ९०० रुपैयाँ गरी कूल ३ लाख ६३ हजार १७८ रुपैयाँ खर्च गरेका छन् । यातायात खर्चमा लाखौं खर्च गरिसक्दा पनि मेयर, उपमेयरले जनपक्षीय काम नगरेको भन्दै आलोचना हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस