महेन्द्रनगर:
समाजवादी मोर्चा नेपाल कञ्चनपुरले आइतबार सन्देश सभा गरेको छ । सभामा मोर्चा आवद्ध नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा विप्लव र जनता समाजवादी पार्टीका नेताहरु सहभागी भएका छन् ।
कञ्चनपुरमा मोर्चाको नेतृत्व नेकपालाई दिइएको छ । मोर्चाका संयोजक नेकपाका केन्द्रीय सदस्य एबम् कञ्चनपुर इन्चार्ज बिराट सी छन् ।
समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रमको अध्यक्षतामा नेकपामा विराट सीले गरेका थिए ।
कार्यक्रममा समाजवादीका स्थायी कमिटी सदस्य पन्तले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता आवश्यक भएको उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोबिन्द विक, नेकपाका पोलिटब्यूरो सदस्य विकल्प सी, जसपा केन्द्रीय परिषद् सदस्य बबिता जैरु लगायतले आ–आफ्नो धारणा राखे ।
सन्देश सभामा कञ्चनपुरका चार दलबाट दुई दुई जना सदस्य रहेको मोर्चाको जिल्ला समितिमा सदस्य भएको जानकारी दिइएको छ ।
मोर्चाको जिल्ला समितिमा माओवादी केन्द्रका अमिन दहित(सुर्य), बिरेन्द्र राज विष्ट, नेकपा विष्णु प्रकाश उपाध्याय(बिराट), नन्द बहादुर सी, एकीकृत समाजवादी हरिराम चौधरी, विस्ना भट्ट(पन्त) र जसपाबाट सिता नागरी, राम कुमारी राना छन् ।
प्रतिक्रिया दिनुहोस