कंचनपुर:
कालाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरको अभिनयमा पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न भएको छ । कञ्चनपुरको विभिन्न स्थलमा देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन गरिएको हो ।
खप्तड डिभिजट म्यूजिकको आयोजनामा नयाँ बजारमा आउने नृत्य सहितको देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न गरिएको छ ।
यो गीतमा जय ओखेडा र स्मृति शाहीको स्वर रहेको छ भने जय उखेडाको शब्द, लय अनि एजेञ्ज राजेन्द्र बाजुरेली, निर्देशक तथा कोरियोग्राफर भीम थापा, छायाङकन अमृत उपाध्यायको रहेको थियो।
उक्त पुर्वकी छोयाट्टी गित मायापिरतीमा आधारित छ । कालाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरले यस अघि पनि दर्जनौँ गितसंगितमा अभिनय गरिसकेका छन । पछिल्लो समय उनीहरु गितसंगितको जगतमा चर्चामा आईरहेका छन । भावि दिनमा अभियन थप पुरस्कृत बनाउँदै लैजाने उनीहरुको प्रतिबद्धता छ । केही अघि मात्रै कलाकार उपाध्यायले दोस्रो सुदूरपश्चिम ईन्टरटेनमेन्ट म्यूजिक अवार्ड ०८० पाएका थिए ।
प्रतिक्रिया दिनुहोस