२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

रासस वार्षिकोत्सवः उद्योग बाणिज्य संघलाई फुटबल उपाधी




  • त्रिनेत्र पोष्ट
  • २०८० फागुन ७, सोमबार मा प्रकाशित ९ महिना अघि
  • महेन्द्रनगर:
    राष्ट्रिय समाचार समिति (रासस) को ६३ औं बार्षिकोत्सवको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधी कञ्चनपुर उद्योग बाणिज्य संघले जितेको छ ।
    बिजेता टिमका तर्फ मान चन्दले दुई गोल, महेश जोशीले दुई र वृजकिशोर चन्द र जंगबहादुर मल्लले एक÷एक गोल गरेका थिए ।
    प्रतियोगितामा उपाधी बिजेता टिम ट्रफीबाट पुरस्कृत भएको आयोजक राष्ट्रिय समाचार समिति महेन्द्रनगर कार्यालयले जनाएको छ ।
    महेन्द्रनगरस्थित राष्ट्रिय बाल विद्यालयको खेल मैदानमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा आयोजक राष्ट्रिय समाचार समितिको टिमलाई ४ का विरुद्ध ६ गोल गर्दै बाणिज्य संघले उपाधी जितेको हो ।
    कञ्चनपुरका सञ्चारकर्मीहरु सम्मिलत राससको टिमका लागि पत्रकार विकास सिंह महताले सार्वधिक तीन गोल गरेका थिए । भने प्रतियोगिताको अन्ततिर राससकर्मी शेरबहादुर सिंहले एक गोल गरेका थिए ।
    प्रतियोगिताको उद्घाटन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले गर्नुभएको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख जिल्ला अधिकारीसंगै नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्ल, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पीताम्बर जोशी, कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द, होटल व्यवसायी संघका अध्यक्ष जगदीश प्रसाद जोशी, औषधी व्यवसायी संघका अध्यक्ष रामचन्द्र बुढा, पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधवसिंह धामी, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजंग ठकूरी, सुदूरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश श्रेष्ठ र बरिष्ठ पत्रकार चित्राङ्ग थापा लगायतको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको समापन गर्दै रासस कञ्चनपुरका कार्यालय प्रमुख शेरबहादुर सिंहले पहिलो पटक जिल्लामा राससले बार्षिकोत्सव मनाउँने क्रममा मैत्रीपुर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागी अतिथि र खेलाडीहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उक्त प्रतियोगिताको सञ्चालन रासस प्रतिनिधी महादेव अवस्थीले सञ्चालन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट