२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

दोधारा चाँदनीमा राप्रपाको बृहत आमसभा हुदै




  • त्रिनेत्र पोष्ट
  • २०८० फागुन २, बुधबार मा प्रकाशित ९ महिना अघि
  • दोधारा:

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश खारेजका लागि दोधारा चाँदनीमा आमसभा हुने भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश खारेजका लागी आमसभाको आयोजना गर्ने भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा आउदो फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवसको दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आमसभा गर्ने भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता केशव खत्रीले जनाएका छन् । आमसभालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रबक्ता तथा सांसद ज्ञानेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री कुन्ती शाहीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् । पूर्ण धार्मिक स्वतन्त्रता सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुस्र्थाथापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आमसभाको तयारी सुरु गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता केशव खत्रीले बताए । लामो समय देशको नेतृत्व गरेका राजनीतिक दलको असफलता, भ्रष्टाचार नियन्त्रण, रोजगारीको सिर्जना, जनजिविकाको सवालमा ती दलको उदासीनता र राष्ट्रिय राजनीतिमा राप्रपाको स्पष्ट दृष्टिकोण एवं राप्रपाले पार्टीको नेतृत्व परिवर्तन गरेको अवस्थामा राप्रपा प्रति जनताको आशा, विश्वास र भरोसा बारेमा आमसभाको मुख्य बिषय बस्तु हुने बताईएको छ् । मुलुकमा भ्रष्टाचार, बेथिति बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसका विरुद्ध दोधारा चाँदनी नगरपािलका क्षेत्र लगाएत देशभरी आमसभा गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दोधारा चाँदनीले जनाएको छ् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट