२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

बेलौरीमा देखियो बाघ




  • त्रिनेत्र पोष्ट
  • २०८० माघ २९, सोमबार मा प्रकाशित ९ महिना अघि
  • महेन्द्रनगर:
    कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका वडा नं १० भुडामा बाघ देखिएको छ ।
    सोमबार बिहान करिब ०७:०० बजे बेलौरीको बण्डजाला स्थित खेत जोत्न गइरहेको बेला अकस्मात अगाडी बाघ देखेपछी स्थानीय खेत धनी राम प्रसाद चौधरीले अन्य स्थानीय लाई खबर गरेपछी प्रहरीलाई खबर गरेका छ्न ।
    बाघले एक जनावरलाइ घिसार्दै लागि रहेको अवस्थामा देखेपछी किसानहरुको भागाभाग भएको स्थानीय चन्द्र बहादुर चौधरीले बताए ।
    बाघ देखे पछि स्थानीय तथा प्रहरीको भिड पछि बाघ सिकार लिएर उखुबारी पसेको प्रहरी चौकी भुडाका प्रमुख प्रहरी साहयक निरीक्षक शेर शिह धामिले बताए ।
    बाघ नियन्त्रणका लागि आरक्ष र बनको टोलि आउदै गरेको प्रहरीले जनाएको छ । बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    ताजा अपडेट